एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन फागुन २८ मा हुने

नेपालभ्युज

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन फागुन २८ मा हुने

काठमाडौं। रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन मिति परिवर्तन गरिएको छ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार फागुन १४ गते उद्घाटन गर्ने र तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट आयोजना गर्ने योजनाको मिति दुई सातापछि सरेको जानकारी गराएको हो।

नेपालमा चलिरहेको आइसीसी विश्वकप लिग २ र टी–ट्वन्टी प्रतियोगिताका कारण केही भूतपूर्व खेलाडीहरूको अनुपलब्धता र व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण प्रतियोगिता नै पछि सार्नु परेको क्यानको भनाइ छ । खेलको मिति परिवर्तन भएसँगै एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन कार्यक्रम पनि सरेको क्यानले स्पष्ट पारेको छ  ।

नयाँ मिति फागुन २८ मा निर्धारित गरिएको क्यानले जनाएको छ। उक्त मैदान रुपन्देही तिलोत्तमा नगरपालिका- १७ मा व्यवसायी विनोद कुँवरको लगानीमा निर्माणाधीन अवस्थामा छ । व्यवसायी कुँवरले कुल ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन्।

मैदानको उद्घाटन खेलमा ४ टोलीको सहभागिता रहने गरी टी–१० क्रिकेट प्रतियोगिता आयोजना गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved