प्याड र पेन्टी लाइनरमा के अन्तर छ ?

नेपालभ्युज

प्याड र पेन्टी लाइनरमा के अन्तर छ ?

एजेन्सी । महिनावारीका क्रममा प्रयोग गरिने प्याडका बारेमा त तपाईंलाई थाहा छ होला । तर के तपाईंलाई थाहा छ कि पेन्टी लाइनर के हुन्छ ? प्याड र पेन्टी लाइनरको बीचमा के अन्तर छ ? आउनुहोस् जानौं आज यी दुईको भिन्नता बारे ।

प्याड आमरुपमा महिलाले महिनावारीका क्रममा प्रयोग गर्ने गर्दछन् । यसलाई न्यापकिन पनि भनिन्छ, जो सजिलै बजारमा उपलब्ध पनि हुन्छ ।

बजारमा प्याड फरक फरक आकार तथा विविधतामा पाइन्छन् । साथमा महिलाले प्याड आफ्नो महिनावारीको फ्लो अनुसारले लिने गर्छन् । प्रायः रातको समयमा अत्यधिक लामो तथा धेरै सोख्ने खालको प्याड प्रयोग गरिन्छ ।

यो पनि एक प्रकारको प्याड जस्तै हुन्छ । यो एकदमै छोटो तथा प्याडको जस्तो पखेटा पनि हुँदैन । पेन्टी लाइनरको प्रयोग महिनावारीको अन्तिम दिन तथा हुने संकेत भइरहेको बेला प्रयोग गर्न सकिन्छ ।

यदि तपाईंलाई महिनावारीको बेला अत्यधिक रक्तश्राव हुन्छ भने यस्ता लाइनरको प्रयोग गर्नु हुँदैन । पेन्टी लाइनरमा सोख्ने क्षमता हुँदैन ।

महिनावारीबाहेक अन्य कुनै प्रकारको डिस्चार्ज भइरहेको छ भने लाइनरको प्रयोग गर्न सक्नुहुन्छ । बाहिर निस्कँदा एउटा पेन्टी लाइनर लगाउनुभयो भने यसले पेन्टीलाई गिलो हुने अवस्था पनि हुन दिँदैन ।

प्याड तथा पेन्टी लाइनर दुवैको प्रयोग आवश्यकता अनुसार गर्न सकिन्छ । दुवैले भेजाइनल डिस्चार्ज तथा महिनावारीको समयमा राम्रो काम गर्छन् । यी दुवैको प्रयोगले तपाईं आफ्नो सरसफाई तथा स्वास्थ्यलाई राम्रो बनाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved