के हो लीन प्रोटिन ? जसलाई एकदमै स्वस्थकर मानिन्छ

नेपालभ्युज

के हो लीन प्रोटिन ? जसलाई एकदमै स्वस्थकर मानिन्छ

एजेन्सी । मांसपेशीलाई स्वस्थ तथा बलियो बनाउन प्रोटिन भएका चीजको सेवन गर्नु अत्यावश्यक मानिन्छ ।

विभिन्न प्रकारका अध्ययनमा लीन प्रोटिन र यसको सेवन बढाउने सल्लाह दिइन्छ । यसबाट धेरै प्रकारका स्वास्थ्य लाभ पाउन सकिन्छ ।

लीन प्रोटिनमा स्याचुरेटेड फ्याट कम हुन्छ । यही कारणले यसमा क्यालोरी पनि कम हुन्छ । क्यालोरी कम र प्रोटिनले भरपूर हुने भएकाले लीन प्रोटिन भएका चीजलाई तौल कम गर्न पनि फाइदाजनक मानिन्छ ।

अधिकांश माछा लीन र उत्कृष्ट प्रोटिनको स्रोत मानिन्छ । यसले शरीरमा धेरै प्रकारका फाइदा गर्दछ । त्यस्तै १०० ग्राम ग्रीक दहीमा लगभग ९ ग्राम प्रोटिन हुन्छ । जबकी सामान्य दहीमा मात्र ४ ग्राम प्रोटिन हुने गर्छ ।

दैनिक आहारमा सही मात्रामा लीन प्रोटिन भएका चीज सामेल गर्नाले स्वास्थ्यमा विभिन्न लाभ पाइन्छ । त्यसैले पनि स्वस्थकर खानपानको कुरा गर्दा लीन प्रोटिनको बारेमा बताइने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved