पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को यस्तो छ टिजर, राक्षसकी रानी र राजकुमारीमा कसले जित्ला ?

सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा फिल्ममा छ ।

नेपालभ्युज

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को यस्तो छ टिजर, राक्षसकी रानी र राजकुमारीमा कसले जित्ला ?

काठमाडौं । नेपाली भाषाको पहिलो एनिमेटेड फिचर फिल्म ‘सलिना : पार्ट वान’को टिजर आइतबार सार्वजनिक भएको छ । तेजशराज जोशीले निर्देशन गरेको यो फिल्मलाई रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको हो ।

सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा फिल्ममा छ ।

कथासँग एनिमेसन र भीएफएक्सको प्रयास प्रशंसनीय छ । यो फिल्म काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ ।

यसमा अडिओ आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग गरिएको छैन ।

निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइनर कलाकार सगीन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । आइटी नेटवर्किङको प्राविधिक कार्य अचिनसुन्दर प्रधानले गरेका छन् ।

फिल्मको भ्वाइस एक्टरहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल छन् ।

देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् ।

फिल्म चैत्र १६ गतेदेखि प्रदर्शनमा आउने भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved