जिम कतिबेला गर्नु हुँदैन ? जानौं

नेपालभ्युज

जिम कतिबेला गर्नु हुँदैन ? जानौं

एजेन्सी । फिट तथा स्वस्थ रहनका लागि जिम जानु भनेको सामान्य हो । विशेषगरी शहरमा जिमप्रति लगाव बढिरहेको छ । मोटोपन जस्ता समस्या कम गर्नका लागि धेरै मानिस जिम जान थालेका छन् ।

तर, कतिपय अवस्थामा भने यो खतरनाक पनि हुन सक्छ । आउनुहोस् जानौं कस्तोबेला जिम जानु हुँदैन ।

  • जिम बिहानको समयमा गर्नु एकदमै राम्रो मानिन्छ । यसले शरीरको आलस्यता कम गर्छ । तर, खाना खाएको तुरुन्तै जिम जानु हुँदैन ।
  • ठूलाबडालाई देखेर अहिले बच्चाहरु जो १६–१७ को उमेरभन्दा कमका हुन्छन् उनीहरु पनि जिम जान थालेका छन् । जो एकदमै गलत छ । कम उमेरका बच्चा जिम जाँदा हड्डी, मांसपेशी तथा नसा कमजोर हुन सक्छन् ।
  • कम उमेरमा कडा परिश्रम तथा जिम गर्नाले शारीरिक विकास रोकिन्छ । यदि तपाईं २० वर्षभित्र जिम गर्न चाहनुहुन्छ भने एकपटक डाक्टरसँग सल्लाह लिनुहोस् ।
  • महिलाले पनि जिम गर्नुपर्दछ । तर, तपाईं गर्भवती हुनुहुन्छ वा महिनावारी चलिरहेको छ भने पनि जिम जानबाट बच्नुपर्छ । यस्तो अवस्थाका कुनै पनि कसरत गर्नुअघि डाक्टरको सल्लाह लिनुपर्दछ ।
  • जो महिलाको भर्खरै बच्चा जन्मिएको हुन्छ उनीहरु पनि कम्तीमा पाँच महिनासम्म जिम नगएको राम्रो हुन्छ । बच्चा जन्मिए लगत्तै जिम जाँदा शरीर बलियो हुनुको साटो कमजोर हुन सक्छ ।
  • तपाईंको उमेर ५० वा अधिक छ भने जिममा वर्कआउन गर्नबाट बच्नुपर्छ । यसले तपाईंलाई हड्डीसँग जोडिएका समस्या हुन सक्छन् । विशेषगरी जीवनमा जिम त्यस्तो उमेरमा सुरु गर्नु हुँदैन ।
  • तपाईंको कम्मर वा खुट्टामा कुनै प्रकारको समस्या छ भने पनि जिम जानु हुँदैन । गलत खालको कसरतले दुखाईलाई अझै बढाउँदै लग्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved