३६ वर्षको उमेरमै मधुबालाको मुटुले दिएको थियो धोका

नेपालभ्युज

३६ वर्षको उमेरमै मधुबालाको मुटुले दिएको थियो धोका

एजेन्सी । बलिउड अभिनेत्री मधुबालाको सुन्दरता र अभिनयको सम्झना अहिले पनि गरिन्छ ।

उनको जन्म एक निम्न वर्गिय मुस्लिम परिवारमा भएको थियो । जहाँबाट संघर्ष गरेर उनी आफ्नो समयकी चर्चित अभिनेत्री बनिन् ।

मधुबालाका ११ जना भाईबहिनी थिए जहाँ उनी पाँचौं नम्बरमा पर्दथिन् । फिल्म नील कमलबाट उनी मूख्य भूमिकाकी अभिनेत्रीको रुपमा बलिउडमा प्रवेश गरेकी थिइन् ।

मधुबालाले सँगै काम गर्ने क्रममा दिलीप कुमारलाई एकदमै मन पराउँथिन् । तर उनको विवाह भने किशोर कुमारसँग भएको थियो ।

विवाहको केही वर्षपछि नै मधुबालाको स्वास्थ्य बिग्रँदै जान थाल्यो ।  उनको मुटुमा बाल्यकालमै प्वाल देखिएको थियो । पछि गएर यही कारणले उनको मृत्यु भएको थियो ।

२३ फेब्रअरी १९६९ मा मात्र ३६ वर्षको कलिलो उमेरमा उनको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved