नेपाललाई पहिलो झट्का, कुशल २८ रन बनाएर आउट

नेपालभ्युज

नेपाललाई पहिलो झट्का, कुशल २८ रन बनाएर आउट

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल २८ रनमा आउट भएका हुन्।

विष्फोटक ब्याटिङ गरेका भूर्तेलले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे। उनलाई नेदरल्याण्ड्सका भिभियन किङ्माले आउट गरे।

अहिले नेपालका लागि आसिफ शेख र अनिल साहले ब्याटिङ गरिरहेका छन्।

१३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३.२ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved