नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य, कुशल भूर्तेलले लिए ४ विकेट

नेपालभ्युज

नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य, कुशल भूर्तेलले लिए ४ विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा १३७ रनमा अलआउट भएको हो।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले ३३ र बास डे लीडेले २७ रन जोडे । साइब्रान्ड एंगलब्रेक्टले २३ रन बनाउँदा म्याक्स ओ डाउड १० रनमा रनआउट भए । काइल क्लेन ११ रन बनाउँदै नटआउट रहे ।

कुशल भूर्तेलले ४, ललित राजवंशीले २ तथा कप्तान रोहित कुमार पौडेल र सोमपाल कामीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved