शाहिदले लिएका थिएनन् चर्चित फिल्मका लागि पारिश्रमिक

नेपालभ्युज

शाहिदले लिएका थिएनन् चर्चित फिल्मका लागि पारिश्रमिक

एजेन्सी । शाहिद कपूर बलिउडका टप अभिनेता मध्ये एकमा पर्दछन् । अभिनयका साथ उनलाई नृत्यको पनि एकदमै रुची छ । करिअरको सुरुआती दिनमा उनी एक प्रोफेशनल डान्सर बन्न चाहन्थे ।

करिअरको सुरुआत उनले ब्याकग्राउन्ड डान्सरको रुपमा गरेका थिए । ‘ताल’, ‘दिल तो पागल हे’ मा उनले ब्याकग्राउन्ड डान्सरको रुपमा काम गरिसकेका छन् । शाहिदलाई बलिउडमा चकलेटी ब्वायको रुपमा पनि चिनिन्छ ।

शाहरुख खान जसरी उनका पनि युवती प्रसशंक धेरै छन् । सन् २०१४ मा आएको फिल्म ‘हैदर’ मा उनले कुनै पनि पारिश्रमिक नलिई काम गरेका थिए ।

शाहिदको भनाईअनुसार उक्त फिल्मका निर्माताले उनलाई अफोर्ड नै गर्न सक्दैनथे । जसले गर्दा उनले रकम नलिने निर्णय गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved