ललिता निवासमा मन्त्रीलाई सफाइ, कर्मचारी र भूमाफियालाई कैद (पूर्णपाठ)

उनले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको बताए ।

नेपालभ्युज

ललिता निवासमा मन्त्रीलाई सफाइ, कर्मचारी र भूमाफियालाई कैद (पूर्णपाठ)
ललिता निवासले ओगटेको जग्गासहितको नक्सा

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा तीनजना पूर्व सचिवसहितलाई दोषी ठहर गरेको छ । अन्य केही कर्मचारी र भूमाफिया पनि दोषी ठहर भएका छन् ।

जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।  भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई  दोषी ठहर गरिएको छ ।

तर, तीनजना पूर्व मन्त्रीलाई भने सफाइ दिइएको छ ।  विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि दोषी ठहर भएर कैद सजाय पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । उनले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको बताए ।

अदालतले शुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री समशेर राणालाई भने सफाइ दिएको छ ।

छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोड भन्दा बढी हानि नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाहीले ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने फैसला भएको छ ।

हेर्नुहोस अदालको फैसलाको पूर्णपाठ :

 













Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved