माओवादी विधान महाधिवेशन

१९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने

नेपालभ्युज

१९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी १९९ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

गत मङ्गलबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनका क्रममा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तो प्रस्ताव गरेका हुन् ।

विधान मस्यौदा प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले यसअघि १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि सुझाव दिँदै महाधिवेशन प्रतिनिधिले केन्द्रीय कमिटीको आकार बढाउन आग्रह गरेका थिए ।

माओवादी महाधिवेशन : प्रचण्डद्वारा संश्लेषित विधान प्रस्तुत

यस्तै पार्टी नाम र चुनाव चिह्न नफेर्ने र आवश्यक परेमा आगामी दिनमा यसबारे छलफल गर्ने उनले बताएका छन् ।

यसअघि समूहगत छलफलका क्रममा कतिपय समूहले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved