त्रिभुवन विमानस्थल केहीदिन पुरै बन्द गरिने

नेपालभ्युज

त्रिभुवन विमानस्थल केहीदिन पुरै बन्द गरिने

काठमाडौं । पूर्वाधार निर्माण तथा विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही दिन बन्द गरिने भएको छ ।

विमानस्थलको उत्तरपश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गको दुवै विन्दु जोड्न समानन्तर ट्याक्सी–वे निर्माण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र विस्तार गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार आउँदो वर्षायाम सुरु हुनुपूर्व अन्तर्राष्ट्रिय उडान बन्द गरेर पूर्वाधार निर्माण तथा विस्तार गर्न लागिएको हो ।

सम्भवत: आगामी चैतदेखि ०८१ असार १६ भित्र विमानस्थल बन्द गरेर निर्माण कार्य थालिने बताइएको छ । यद्यपि, मिति भने तोकिएको छैन ।

कम्तिमा पाँच दिन विमानस्थल बन्द हुने अधिकारीहरुले बताएका छन् । निर्माण कार्यसँगै यो समय तलमाथि हुन सक्नेछ ।

विमानस्थल बन्द हुने समयमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडान अवतरणको व्यवस्था मिलाइने छ ।

यसअघि पनि चिनियाँ कम्पनीले त्रिभुवन विमानस्थलको धावनमार्गको जिर्णोद्वार गर्दा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरेको थियो ।

यो पटक भने पूरै दिन बन्द गरेर निर्माण कार्य थाल्ने तयारी रहेको प्राधिकरण स्रोतले बताएको छ । यो योजना १५ अर्ब रुपैयाँ बराबरका तीनवटा ठेक्का सञ्चालन भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved