दिल्ली जाँदै गरेका किसानलाई रोक्न अश्रुग्यास प्रहार

नेपालभ्युज

दिल्ली जाँदै गरेका किसानलाई रोक्न अश्रुग्यास प्रहार

काठमाडौं । दिल्लीतर्फ अघि बढेका किसानको भीडलाई तितरबितर गर्न भारतीय प्रहरीले पञ्जाब र हरियाणाबीचको शम्भु सीमामा अश्रुग्यास प्रहार गरेको छ । यो क्षेत्र अम्बालाको नजिक पर्छ ।

आन्दोलनकारी किसानहरू बालीका लागि एमएसपी ग्यारेन्टीसहित अन्य धेरै माग लिएर दिल्लीसम्म मार्च गरिरहेका छन् ।

दिल्लीको सीमामा किसानलाई रोक्न प्रहरीले कडा सुरक्षा व्यवस्था गरेको छ । विभिन्न ठाउँमा ब्यारिकेड र काँडेतार जडान गरिएको छ ।

पञ्जाबका किसानहरू ठूलो संख्यामा ट्र्याक्टर र ट्रली लिएर शम्भु सीमातर्फ निस्किएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार केही प्रदर्शनकारी किसानहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ।

किसानहरुले स्वामिनाथन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, कृषकलाई उत्पादन लागतमा ५० प्रतिशत नाफा दिन, ऋण माफ गर्न, आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्तालगायतका माग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved