‘हम दिल दे चुके सनम’ को शुटिंगका क्रममा ऐश्वर्याको प्रेममा डुबेका थिए सलमान

नेपालभ्युज

‘हम दिल दे चुके सनम’ को शुटिंगका क्रममा ऐश्वर्याको प्रेममा डुबेका थिए सलमान

एजेन्सी । सलमान खान र ऐश्वर्या रायको प्रेम कहानीको चर्चा बलिउडमा अहिले पनि हुने गर्छ । कुनै कार्यक्रम, अर्वाड शो वा अन्य कुनै स्थानमा यी दुवै अघि पछि वा उपस्थित भएको देखिन्छन् भन्ने पनि चर्चा हुन्छ ।

सलमान र ऐश्वर्या सन् १९९९ मा आएको फिल्म ‘हम दिल दे चुके सनम’ मा एकसाथ देखिएका थिए । त्यतिबेला अनस्क्रिन तथा अफस्क्रिनमा यो जोडीको निकै चर्चा भएको थियो ।

यो फिल्म त्यतिबेला सुपरहिट भएको थियो । रिपोर्टका अनुसार त्यतिबेला नै यिनीहरुबीच प्रेम सुरु भइसकेको थियो ।

सलमानलाई यो फिल्मको अन्तिमको दृश्य मन परेको थिएन । उनी  त्यसलाई परिवर्तन गर्न चाहन्थे । जानौं यसबारेको रोचक घटना ।

फिल्म ‘हम दिल दे चुके सनम’ सलमान खान र ऐश्वर्या रायको करिअरको चर्चित फिल्ममध्ये एक हो ।

फिल्ममा समीर र नन्दिनीको भूमिकामा देखिएका सलमान र ऐश्वर्याबीच अफेयरको खबर त्यतिबेला हट विषय थियो ।

सलमानलाई यति धेरै प्रेम भइसकेको थियो कि उनले फिल्ममा पनि ऐश्वर्या कोही अरुको भएको देख्न चाहँदैनथे ।

फिल्मको कथामा सुरुमा ऐश्वर्या र सलमानबीच प्रेम भए पनि अन्तिममा ऐश्वर्या सलमानलाई छोडेर अजय देवगनसँग गएको देखाइएको छ ।

तर, सलमानले भने ऐश्वर्या उनीसँग फिर्ता आएको बनाउन चाहन्थे । यसका लागि उनले संजय लिला भन्सालीसँग कुरा पनि गरेका थिए । तर, संजयले यो मानेनन् ।

यो फिल्मका गीत पनि सुपरहिट भएका थिए । जब संजय लीला भन्सालीले गायक केके को आवाजमा तडप तडप गीत सुनेका थिए त्यतिबेला उनी रोएका थिए ।

उनले यो गीत ९ पटक लगातार सुनेका थिए । यो फिल्ममा केके ले पहिलोपटक गीत गाएका थिए । फिल्मका अन्य गीत पनि अहिले पनि प्रसंशकका मुखमा झुन्डिने गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved