क्यानडाविरुद्ध अनिल साहले बनाए लगातार दोस्रो अर्धशतक

नेपालभ्युज

क्यानडाविरुद्ध अनिल साहले बनाए लगातार दोस्रो अर्धशतक

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा ओपनर अनिल साहले अर्धशतक प्रहार गरेका छन्। उनले अघिल्लो खेलमा पनि अर्धशतक बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अनिलले ५१ बलमा अर्धशतक पूरा गरे । सो क्रममा उनले ८ चौका प्रहार गरे ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउँदै नेपालले १८ ओभरमा १ विकेट गुमाएर १०० रन पार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved