क्यानडाविरुद्ध नेपालको आक्रामक ब्याटिङ

नेपालभ्युज

क्यानडाविरुद्ध नेपालको आक्रामक ब्याटिङ

काठमाडौं। तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालले गतिलो जवाफ फर्काएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशल भूर्तेल र अनिल साहले आक्रामक सुरुवात गरेका हुन् । ४.५ ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा ४५ रन बनाएको छ । कुशल १३ रनमा बोल्ड भए ।

पहिलो बलमा नै कुशल भूर्तेलले चौका प्रहार गरेका थिए । अनिलले एकै ओभरमा ४ चौका प्रहार गरे । उनले दोस्रो ओभरको पहिलो ४ बलमा लगातार चौका प्रहार गरेका थिए।

क्यानडाका एक खेलाडी पीचमा दौडिएपछि पेनाल्टीस्वरुप नेपालले ५ अतिरिक्त रन पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved