लायन्स क्लबद्वारा चेपाङ बस्तीमा कपडा वितरण

नेपालभ्युज

लायन्स क्लबद्वारा चेपाङ बस्तीमा कपडा वितरण

मकवानपुर। मकवानपुरको बिकट चेपाङ बस्तीमा लायन्स क्लब अफ काठमाडौँ सुनौलो पाइलासहितका संघसंस्थाले न्यानो कपडा वितरण गरेका छन्।

जिल्लाको राक्सिराङ्ग गाउँपालिका ५ जिर्खे डाँडामा अवस्थित चेपाङ बस्तीमा लायन्स क्लबसहित ‘नेसनल यूथ एन्ड वोम्यान सोसाइटी’ नेपालले ३० थान सिरक, बालबच्चा र महिलाहरूका लागि न्यानो कपडा १०० थान र  ६०० वटा कापी वितरण गरेका छन् ।

लायन्स क्लबको सामाजिक उत्तर दायित्व अन्तर्गत ती सामाग्री बाढेको क्लबकी अध्यक्ष रोजिना विष्ट ‘रोज’ ले जानकारी दिइन्। कार्यक्रममा लायन्स विशाल भण्डारी, नेसनल यूथ एन्ड वोम्यान सोसाइटीकी अध्यक्ष रती लामा, समाजसेवीहरु हृदय तामाङ, श्याम अधिकारीसहित डाक्टर सुनिता भट्टराईको उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved