कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम बढ्दै

नेपालभ्युज

कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम बढ्दै

काठमाडौ । मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हिमपातको सम्भावना छ ।

तराईका केहि स्थानमा हुस्सु लागेको छ । काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको तापक्रम क्रमिकरुपमा बढ्दै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved