सूचना प्रविधिको प्रदर्शनी, ‘क्यान इन्फोटेक २०२४’ सुरु

सूचना प्रविधिको प्रदर्शनी, ‘क्यान इन्फोटेक २०२४’ सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीबारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो ।

मेला माघ २९ गतेसम्म सञ्चालन हुनेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ ।

२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । ईसेवामार्फत क्यान इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ ।

यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

५ दिनसम्म चल्ने उक्त मेलामा २ सयभन्दा बढी स्टल राखिएका छन् । विज्ञान तथा प्रविधिका विभिन्न उपलब्धिहरू प्रदर्शनीमा राखिएको यस मेलामा विशेष गरी विद्यार्थीहरूको भिडभाडलाई देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved