४३ जिल्ला न्यायाधीशका लागि दरखास्त माग

नेपालभ्युज

४३ जिल्ला न्यायाधीशका लागि दरखास्त माग

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश पदमा दरखास्त आव्हान गरेको छ ।

न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त माग गरेको हो । आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ – २ जना र दलित तथा अपांगता भएकाबाट १ – १ जनाका लागि दरखास्त मागिएको सूचनामा उल्लेख छ ।

परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने छ ।

हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved