पुटिनका कट्टर विरोधी बोरिसले चुनाव लड्न नपाउने

नेपालभ्युज

पुटिनका कट्टर विरोधी बोरिसले चुनाव लड्न नपाउने

काठमाडौं । रुसको निर्वाचन आयोगले आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनलाई चुनौती दिने बोरिस नादेजदिनको उम्मेदवारी अस्वीकार गरेको छ ।

बोरिसले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् । बोरिस युक्रेनसँगको युद्धको कट्टर विरोधी र आलोचकसमेत हुन्।

आयोगका अनुसार बोरिसको आवेदन फाराममा १५ प्रतिशत हस्ताक्षरमा त्रुटि रहेको छ । सोहीकारण उनको उम्मेदवारी अस्वीकार गरेको आयोगले जनाएको छ ।

‘मैले रुसमा २ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरें। हामीले पूर्ण इमानदारी र पारदर्शिताका साथ यो काम गर्‍यौं।’ उनले भने । आयोगले नादेजदिनले सङ्कलन गरेका ९ हजारभन्दा बढी हस्ताक्षर अवैध रहेको बताएको छ ।

नादेजदिनले सामाजिक सञ्जालमा आफूले हार स्वीकार नगर्ने र यस निर्णयलाई रुसको सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न कम्तीमा एक लाख हस्ताक्षर चाहिन्छ ।

रुसमा मार्च १५-१७ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved