काठमाडौंको तापक्रम घट्यो, उच्च भेगमा हिमपात जारी

नेपालभ्युज

काठमाडौंको तापक्रम घट्यो, उच्च भेगमा हिमपात जारी

काठमाडौ । मुलुकका पहाडी भू–भागमा आंशिक बदलीहुँदा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

लुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा भने आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज पनि हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन प्रभावित हुने छ ।

काठमाडौंको न्यूनतम तापक्रम आज घटेको छ । हिजो ६ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज ३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved