शंकर भण्डारीको नेतृत्वमा ‘हिन्दूराष्ट्र महाअभियान’ घोषणा, पूर्वसभामुख ढुङ्गानाले दिए कानूनी सल्लाह

नेपालभ्युज

शंकर भण्डारीको नेतृत्वमा ‘हिन्दूराष्ट्र महाअभियान’ घोषणा, पूर्वसभामुख ढुङ्गानाले दिए कानूनी सल्लाह

काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र महाअभियान घोषणा भएको छ ।

महाअभियानको संयोजक भण्डारी तोकिएका छन् भने बाँकी सदस्यहरू तोक्न बाँकी छ ।

महाअभियानलाई पूर्वसभामुख दमननाथ ढुङ्गानाले कानूनीरूपमा सल्लाह दिएका छन् । संयोजक भण्डारीले आफू ढुङ्गानाकै सल्लाहमा संयोजक चयन भएको बताए ।

यसबारे ढुङ्गानासँग बुझ्दा उनले आफू महाअभियानमा नरहेको स्पष्ट पारे । “उहाँहरूले मलाई कानूनी सल्लाह माग्नुभएको थियो । मैले आफूले जाने/बुझेको सल्लाह दिएँ । जस्तो, अहिले धर्मनिरपेक्ष चाहने र नचाहनेगरी दुई कित्ता देखिन्छ । यसमा हिन्दूराष्ट्र महाअभियान घोषणा हुँदा के-कस्तो अवस्था देखापर्छ भनेर संविधानको भेद छुटाएको मात्रै हो मैले, म महाअभियानमा छैन,” उनले नेपालभ्यूजसँग भने ।

उनले थपे, “म फेरि भन्छु, म महाअभियानमा छैन । तपाईंहरूले यही लेख्नुहोला । फेरि छ भनेर लेख्नुभयो भने मैले खण्डन गर्नुपर्छ । मैले सिर्फ एकपटकका लागि सल्लाह दिएको मात्रै हुँ ।”

भण्डारीले भने पहिलेबाटै हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् । कांग्रेसको समिति बैठकहरूमा समेत हिन्दूराष्ट्रको पक्षमा बोल्ने गरेका उनले आउँदो फागुन १६ देखि १९ गतेसम्म बस्न लागेको महासमिति बैठकमा पनि एजेन्डा बन्नुपर्ने जोड गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved