एजेन्सी । जाडोको मौसममा हामी कुनै पनि कुराहरु अत्यधिक खाने गर्छौं । जसले गर्दा शरीरमा सुगरको मात्रा बढ्न थाल्छ ।
यसबाहेक चिसोमा अल्छीपनाले गर्दा पनि शरीरमा सुगरको मात्रा बढ्न सक्छ । यदि तपाईंले यस्तो अवस्थामा सुगर नियन्त्रण गर्न चाहनुहुन्छ भने यहाँ केही टिप्स जानौं ।
रगतमा सुगरको मात्रा नियन्त्रण गर्न स्वस्थ खानपान लिनुहोस् । यसका लागि तपाईं हरियो साग, तरकारी, गाजर आदिको सेवन गर्नुहोस् ।
शरीरमा भिटामिन डीको कमी हुँदा पनि शरीरमा इन्सुलिनको मात्रा बढ्न थाल्छ । शरीरमा भिटामिन डीको कमी हुन नदिन पनीर, सुन्तला र माछा खान सक्नुहुन्छ ।
सुगर नियन्त्रण गर्न दिनमा कम्तीमा पनि ३० मिनेट कसरत गर्नुहोस् । व्यायामले शरीरलाई क्रियाशील बनाइराख्न सहयोग गर्छ । तपाईंलाई कसरत गर्न अल्छी लाग्छ भने गीत लगाएर नाँच्न पनि सक्नुहुन्छ ।
जाडोको मौसममा सुगर तथा मधुमेह देखिने सम्भावना धेरै हुन्छ । यस्तोमा समय समयमा सुगरको मात्रा जाँच पनि गर्नुहोस् ।
शरीरमा पानीको कमीले पनि सुगरको मात्रा बढ्न थाल्छ । त्यसैले प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
Facebook Comment
Comment