अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा गलत : बि एण्ड बि अस्पताल

नेपालभ्युज

अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा गलत : बि एण्ड बि अस्पताल

काठमाडौं। बि एण्ड बि अस्पतालले अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा गलत रहेको बताएको छ । अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै बिरामीलाई उपचार गर्न नसकी डाक्टरसहित एम्बुलेन्समा पठाइएको भन्ने कुराप्रति अस्पताल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अस्पताले बिरामीको समस्याको समाधान नभएको भन्ने हल्ला पनि गलत भएको बताएको छ ।

अस्पतालले पुस २१ गते अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका नरबहादुर गुरुङले माघ १४ गते अन्यत्र जानुपर्ने अनुरोध गरेकाले बिरामीको सुरक्षाको लागि कर्मचारीलाई एम्बुलेन्सको साथमा बाहिर पठाइएको विज्ञप्तिमा उल्लेख गरेको छ । तर गुरु प्रकाश भुजेलकोमा उपचारका लागि गएको फेसबुकबाट जानकारी पाइएको अस्पतालले प्रष्ट पारेको छ ।

‘उहाँको मेरुदण्डको संक्रमण भएको र जाँचमा के कीटाणुले गर्दा संक्रमण भएको भन्ने पनि पुष्टि (confirm) भइसकेको छ । त्यसको लागि औषधी उपचार समेत भइरहेको जानकारी गराउन चाहन्छौँ’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित बिरामी नर बहादुर गुरुङ अस्पतालबाट डाक्टरसहित यस अस्पतालमा उपचार हुन नसकी एम्बुलेन्समा पठाइएको भन्ने समाचार असत्य भएको र उक्त कुरा अस्पताल प्रशासनको जानकारीमा नभएकोले समाचार प्रति खेद प्रकट गर्दै सम्पूर्ण सर्व साधारणमा यथार्थ कुराको जानकारी गराउँदछौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved