हिरासतबाट छुटेको २ महिनापछि फेरि पक्राउ परे युट्युबर मनोज मानव

नेपालभ्युज

हिरासतबाट छुटेको २ महिनापछि फेरि पक्राउ परे युट्युबर मनोज मानव

काठमाडौं । हिरासतबाट छुटेको २ महिनापछि युट्युबर मनोजकुमार महतो उर्फ मनोज मानव फेरि पक्राउ परेका छन् । यसअघि कात्तिक २३ मा पक्राउ परेका उनी २५ दिन हिरासत बसेर १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रहरीले उनैलाई फेरि पक्राउ गरेको छ । मंगलबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।

मानव यसअघि पनि चरित्र हत्याकै कसुरमा पक्राउ परेका थिए । उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो ।

उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved