तापसीले भनिन् ‘एनिमल’ जस्तो फिल्म कहिल्यै गर्नेछैन

नेपालभ्युज

तापसीले भनिन् ‘एनिमल’ जस्तो फिल्म कहिल्यै गर्नेछैन

एजेन्सी । रणवीर कपूर र बबी देओलको फिल्म एनिमलमाथि अभिनेत्री तापसी पन्नुले पनि प्रतिक्रिया जनाएकी छन् । उनले एनिमल जस्ता फिल्म कहिल्यै नगर्ने बताएकी छन् ।

अभिनेत्रीले भनिन्, ‘हिन्दी फिल्मको तुलना हलिउड फिल्मसँग छैन । किनकी फरक प्रकारका दर्शकलाई टार्गेट गरिएको छ ।’

उनको भनाई अनुसार एउटा स्टार हुनु भनेको तपाईंलाई सफ्ट खालको पावर दिनु हो र यदि जब तपाईंको हातमा शक्ति छ भने जिम्मेवारी पनि अवश्य हुन्छ ।

उनले भनिन्, “म कोही अरु अभिनेतालाई त भन्दिन उसले यो भूमिका निभाउनु हुँदैन । तर जहाँसम्म मेरो कुरा हो मैले कहिल्यै गर्ने छैन ।”

यसअघि जावेद अख्तरले पनि ‘एनिमल’ जस्तो फिल्मको सफलतालाई खतरनाक बताइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved