गाजामा युद्ध अन्त्यका लागि पेरिसमा शक्ति राष्ट्रको छलफल

नेपालभ्युज

गाजामा युद्ध अन्त्यका लागि पेरिसमा शक्ति राष्ट्रको छलफल

काठमाडौं । गाजामा बढ्दै गएको युद्ध अन्त्यका लागि फ्रान्सको पेरिसमा शक्ति राष्ट्रहरु छलफलमा जुटेका छन् । अमेरिका, इजरायल, इजिप्ट र कतारका अधिकारी गाजा क्षेत्रको समाधान खोज्न छलफलमा जुटेका हुन् ।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै इजिप्ट, कतारी र इजरायली अधिकारीले गाजामा युद्धविरामका लागि फ्रान्ससहितका मुलुकले छलफल अघि बढाएका हुन् ।

फ्रान्स पनि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्ने अभियानमा सक्रिय देखिएको छ ।

पछिल्लो समय फ्रान्स यी चार देशसँगको नियमित सम्पर्कमा रहेको बीबीसीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved