संसारको सबैभन्दा ठूलो गुफा

नेपालभ्युज

संसारको सबैभन्दा ठूलो गुफा

एजेन्सी । संसारमा फरक फरक ठाउँमा विभिन्न आकारका गुफा छन् । यी मध्ये कोही धेरै नै ठूला छन् भने कतिपय साना ।

के तपाईंलाई संसारकै सबैभन्दा ठूलो गुफाबारे थाहा छ ? आउनुहोस् यसको रहस्यबारे जानौं ।

संसारको सबैभन्दा ठूलो गुफाको नाम हो सोन डुंग । यो गुफा भियतनाममा रहेको छ । यसको उचाई  करीब २०० मीटर र लम्बाई ५ किलोमिटर छ ।

अचम्मको कुरा त यो छ कि यो विशाल गुफाभित्र घना जंगल र एकदमै ठूला ठूला खाडल छन् । सोन डुंग गुफामा धेरै भूमिगत नदी पनि बग्ने गर्छन् ।

यस्तो बताइन्छ कि यो गुफाभित्र ठूला-ठूला पहाड पनि छन् । सोन डुंग गुफामा जानु एकदमै खतरनाक मानिन्छ । यो गुफाको आफ्नै इको सिस्टम छ । यो बाहिरको संसारभन्दा एकदमै फरक देखिन्छ ।

यो गुफामा हरेक वर्ष मात्र एक हजार यात्रुलाई जान दिइन्छ । एकदमै धेरै एडवेन्चर गर्न मन पराउने व्यक्तिलाई यो गुफा मन पर्छ । यसभित्रै पनि त्यस्ता गुफा छन् जहाँ अहिलेसम्म कोही पुग्न सकेको छैन ।

केही गुफामा पुग्न यात्रुलाई सहयोगीको आवश्यकता पर्दछ । गाइडसँग यात्रुलाई जंगलको बाटो रातभर पनि पैदल हिँड्नुपर्ने हुन्छ । त्यसपछि मात्र ति गुफामा पुग्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved