बालेनले रुचाएका प्रमुख प्रशासकीय अधिकृतले थाले काम

पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए ।

नेपालभ्युज

बालेनले रुचाएका प्रमुख प्रशासकीय अधिकृतले थाले काम

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको रुचिमा सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतले काम थालेका छन् । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बुधबारबाट महानगरमा काम थालेका हुन् ।

पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए ।

उनले भने, ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नुपर्नेछ ।’

मेयर बालेन शाहको अनुरोधमा माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो ।

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा आए प्रदीप परियार

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेपछि मेयर शाहले कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

बालेन र पहिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीबिच सम्बन्ध बिग्रेको थियो । बालेनले अधिकारीलाई जसरी पनि महानगरबाट सरुवा गर्न चाहेका थिए । अधिकारीलाई सरुवा गर्नको लागि उनलाई बिदामा बस्न लगाइएको थियो ।

महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप उनीमाथि लागेको थियो ।

यस घटनामा बालेनले निजी सचिव नुर निधि न्यौपाने, वरिष्ठ अधिकृत भगवती विडारी तथा स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved