आजबाट सुरु भयो शहीद सप्ताह, शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण

नेपालभ्युज

आजबाट सुरु भयो शहीद सप्ताह, शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण

काठमाडौँ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ ।

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा बुधवारदेखि शहीद सप्ताह सुरु भएको हो ।

शहीदहरूको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन बुधवार शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिएको छ ।

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो ।

तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवत् १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गरेका छन् । उनीहरुको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृति सभा गरिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved