उच्च भेगमा हिमपात, तराईका अधिकांस स्थानमा हुस्सु

नेपालभ्युज

उच्च भेगमा हिमपात, तराईका अधिकांस स्थानमा हुस्सु
फाइल तस्वीर ।

काठमाडौ । पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हिमपात हुने छ । त्यस्तै, अन्य उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका अधिकांस स्थानमा आज पनि बिहानैदेखि हुस्सु÷कुहिरो लागेको छ । भिजिबिलिटीका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । केहि दिन यता बढेको चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । जोमसोम, जुम्ला र जिरीको तापक्रम माइनस भन्दा तल झरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved