प्रधानमन्त्री कप

बागमतीविरुद्ध कर्णाली ७८ रनमा अलआउट, रिजनले लिए ५ विकेट

नेपालभ्युज

बागमतीविरुद्ध कर्णाली ७८ रनमा अलआउट, रिजनले लिए ५ विकेट

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशविरुद्ध कर्णाली ७८ रनमा अलआउट भएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णाली २४.२ ओभरमा ७८ रनमा अलआउट भएको हो। यससँगै बागमतीले ७९ रनको लक्ष्य पाएको छ।

कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए। ७ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

कर्णालीलाई सस्तैमा प्याक गर्न बागमतीका लागि रिजन ढकालले ५ विकेट लिए। कृजन गुरुङले २ तथा प्रतिस जिसी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved