तराईमा बाक्लो हुस्सु, पूर्वी तथा मध्यपश्चिमका उच्च भेगमा हिमपात

नेपालभ्युज

तराईमा बाक्लो हुस्सु, पूर्वी तथा मध्यपश्चिमका उच्च भेगमा हिमपात

काठमाडौ । पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । तराईका अधिकांस स्थानमा आज पनि बिहानैदेखि हुस्सु÷कुहिरो लागेको छ । नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर बढेको चिसोका कारण हुन सक्ने सम्भावित स्वास्थ्य समस्याबाट जोगिन महाशाखाले अनुरोध गरेको छ । त्यस्तै हुस्सु, कुहिरोका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved