रणवीरसँग काम गर्ने ‘ट्वेल्थ फेल’की श्रद्धाको सपना

बलिउड हंगामासँगको कुराकानीमा मेधा शंकरलाई ‘कुन बलिउड अभिनेतासँग काम गर्न मन छ’ भनेर सोधियो थियो । उनले तुरुन्तै रणवीर कपूरको नाम लिइन् ।

नेपालभ्युज

रणवीरसँग काम गर्ने  ‘ट्वेल्थ फेल’की श्रद्धाको सपना

मुम्बई । ट्वेल्थ फेलकी श्रद्धा अर्थात् अभिनेत्री मेधा शंकरले धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई जनताले मन पराएका छन् ।

ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर नेपालमा समेत सामाजिक सञ्जालमा रातारात लोकप्रिय भइन् ।

एक अन्तर्वार्तामा मेधाले आफू रणवीर कपुरसँग काम गर्न चाहेको बताएकी छिन् ।

नेपालमा हिन्दी फिल्म ‘ट्वेल्थ फेल’को चर्चा, सञ्जालमा किन देखिन्छन् प्रशस्त पोस्ट  ? (भिडिओ)

बलिउड हंगामासँगको कुराकानीमा मेधा शंकरलाई ‘कुन बलिउड अभिनेतासँग काम गर्न मन छ’ भनेर सोधियो थियो । उनले तुरुन्तै रणवीर कपूरको नाम लिइन् ।

मध्यमवर्गीय परिवारबाट आएकी उनको अभिनेत्री बन्ने सोचले बुबालाई ठुलो धक्का लागेको बताइन् । मेधाले भनिन्, ‘जब मैले यसबारे बुबासँग पहिलो पटक कुरा गरेँ, उहाँले मलाई सोध्नुभयो – के तिम्रो दिमाग छैन ?’

श्रद्धा जोशी, वास्तविकतामा मेधा, महाराष्ट्रकी हुन् । उनी भारतको नयाँ दिल्लीमा बस्छिन् । उनी अभिनेत्री मात्र नभएर गायिका तथा मोडल पनि हुन् ।

उनले आफ्नो करिअरको सुरुवात मोडलिङ र टीभी विज्ञापनबाट गरेकी थिइन् । मेधाले फेसन म्यानेजमेन्टमा डिग्री गरेकी छन् ।

नेपालमा समेत चर्चामा छिन् ‘ट्वेल्थ फेल’की श्रद्धा अर्थात् मेधा शंकर, बलिउडमा यसरी आइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved