मधेसविरुद्ध विनोद भण्डारीको शतक

नेपालभ्युज

मधेसविरुद्ध विनोद भण्डारीको शतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसविरुद्ध त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विनोदले ८९ बलमा शतक पूरा गरेका हुन् । प्रधानमन्त्री कपमा यो उनको दोस्रो शतक हो। उनले ३ वर्ष अगाडि पनि शतक प्रहार गरेका थिए।

शतक बनाउने क्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले गतिलो ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved