संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गर्नु भएको छ ।
सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एक जना सदस्यको मृत्यु भएको उल्लेख गर्दै कडा निन्दा गरेका छन् ।”महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गरेका छन्,” महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महासचिव गुटेरेसले पीडितका परिवार, सहकर्मी, सरकार र युगान्डाका जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले संयुक्त राष्ट्रसंघका कर्मचारीहरू र परिसर विरुद्ध गरिने सबै प्रकारका आक्रमणहरू अन्तरराष्ट्रिय कानूनद्वारा निषेधित रहेको सबै पक्षलाई स्मरण पनि गराएका छन्।
गुटेरेसले “आतङ्कवाद विरुद्धको लडाइँमा सोमालियाको सरकार र जनतालाई संयुक्त राष्ट्रसंघको पूर्ण ऐक्यबद्धता र समर्थन” रहेको उल्लेख गरेका छन् ।
उनले सोमालियालाई “स्थिर, सुरक्षित र समृद्ध देश” बन्ने बाटोमा सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धता पनि दोहोर्याएका छन् । अल-शबाब अतिवादी समूहले यहाँ प्रायः दैनिक आक्रमण गर्ने गरेको छ।
Facebook Comment
Comment