यमनको हुथी रडार क्षेत्रमा अमेरिकी सेनाले प्रहार गर्यो ‘टोमाहक मिसाइल’

नेपालभ्युज

यमनको हुथी रडार क्षेत्रमा अमेरिकी सेनाले प्रहार गर्यो ‘टोमाहक मिसाइल’

काठमाडौं। अमेरिकी सेनाले यमनमा हुथी रडार क्षेत्रमा ‘टोमाहक मिसाइल’ प्रहार गरेको छ।

अमेरिकी सेनाले रडार क्षेत्रमा मिसाइल प्रहार गरेको पुष्टि गरेको हो। रातो समुन्द्रमा भएको नौसेना युद्धजहाजले शनिबार सो आक्रमण गरेको हो। यसअघि सो जाहाजले हुथीले प्रहार गरेको ड्रोनलाई पनि आक्रमण गरेको थियो।

टोमाहक जिपिएसले नियन्त्रण गर्ने स्थलगत आक्रमणमा प्रयोग हुने मिसाइल हो। लामो दुरी पार गर्न सक्ने यो मिसाइललाई अमेरिकी तथा शाही नौसेनाले प्रयोग गर्ने गर्दछन्।

यो मिसाइल उच्च सबसोनिक गतिमा अत्यन्त कमा उचाइमा उड्न सक्ने अमेरिकी नौसेना वायु प्रणाली कमाण्डले जनाएको छ।

रातो समुन्द्रमा चल्ने जहाजमाथि भइरहेको हुथीको निरन्तर आक्रमणपश्चात बिहीबार अमेरिकालगायत पश्चिमा राष्ट्रले जवाफी हमला सुरु गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved