सुर्खेत । निर्विरोधरुपमा निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथ ग्रहण गरेका छन्।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । मंगलबार सभापति पदमा मनोनयन गरेकाहरु आजै निर्विरोध भएका थिए ।
निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा (एकीकृत समाजवादी ) का माया पन्त छन् ।
एकीकृत नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ ।
Facebook Comment
Comment