रामबहादुर बम्जनलाई सर्लाहीको अदालतमा उपस्थित गराइने

नेपालभ्युज

रामबहादुर बम्जनलाई सर्लाहीको अदालतमा उपस्थित गराइने

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइने तयारी गरिएको छ । सर्लाहीबाट उनलाई पक्राउ पुर्जी जारी भएकाले प्रहरीले त्यहाँ लैजान लागेको हो ।

सुरुमा उनीविरुद्ध सर्लाहीमा जाहेरी परेको थियो । उनलाई सर्लाहीकी रीता बोटलाई बेपत्ता बनाएको आरोप लागेको थियो । रीता बाराको हल्खोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् ।

२०७५ को पुसमा रीताकी आमाले किटानी जाहेरी दिएकी हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार पहिला सर्लाहीमा उपस्थित गराएपछि अन्य ठाउँका मुद्दातिर लागिने तयारी छ ।

बम्जनमाथि बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved