आज तीन वटा संसदीय समितिको बैठक बस्दै

नेपालभ्युज

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएको सम्झौताका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले समितिसमक्ष जानकारी गराउनेछन् ।

त्यस्तै पौने १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री/सचिव(कृषि विकास), कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसीइ नेपाललगायतका विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved