विपिन जोशीको उद्धारको माग गर्दै एक्लै प्रदर्शन, माइतीघरबाट पक्राउ (तस्वीरहरू)

नेपालभ्युज

विपिन जोशीको उद्धारको माग गर्दै एक्लै प्रदर्शन, माइतीघरबाट पक्राउ (तस्वीरहरू)

काठमाडौं । माइतीघरको निषेधित क्षेत्र तोडेको आरोपमा आसिरमान सिंह पक्राउ परेका छन् । हमासको अपहरणमा परेका विपिन जोशीको उद्धारको माग गर्दै सिंह एक्लै माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए ।

‘हमासको अपहरणमा परेका जोशीको उद्धार कहिले हुन्छ सरकार’ लेखेको पम्पपेल्ट बोकेर प्रदर्शन गरिरहेका उनलाई प्रहरीले निषेधित क्षेत्रबाट पक्राउ गरेको हो। हाल उनलाई नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ ।

हमासले इजरायलमाथि आक्रमण सुरु गरे लगतै हमासको कब्जामा रहेका विपिन करिब ३ महिनादेखि सम्पर्कविहीन छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved