काठमाडौं । इलामको माई नगरपालिकामा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ का दिलकुमार राईले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेका हुन् ।
बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । बाबुको खुकुरी प्रहारबाट गम्भिर घाइते भएका जीवनको उपचारका क्रममा बीएण्डसी हस्पिटल बिर्तामोडमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कक्षा ११ मा अध्ययनरत जीवन दिलकुमारका एक्लो छोरा थिए । खुकुरी प्रहार गर्ने दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comment
Comment