राष्ट्रियसभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी, कस-कसले दिए मनोनयन (हेर्नुहोस् सूची)

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी, कस-कसले दिए मनोनयन (हेर्नुहोस् सूची)

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको छ । आउँदो माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा उम्मेदवारी भएको थियो ।

सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारीमा कुल ५२ जनाले दर्ता गराएका छन् । कुल १९ पदका लागि ५२ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

निर्वाचन आयोगका अनुसार महिलातर्फ १८, दलिततर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्यतर्फ २१ गरी जम्मा ५२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कोशीमा महिला कलस्टरबाट दुईजना र अन्य कलस्टरबाट तीन जनाले उम्मेदवारी दर्ता गराए । मधेसमा महिलातर्फ दुई र अन्यतर्फ तीन जनाको ानोनयन दर्ता भयो ।

त्यस्तै बागमतीमा महिला कलस्टरतर्फ चारजना, दलित कलस्टरतर्फ तीनजना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ चारजना र अन्यबाट पनि चार जनाले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशमा कुल आठ जनाको उम्मेदवारी परेको छ । महिलातर्फ तीनजना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट दुईजना र अन्यतर्फ तीन जनाले मनोनयन दर्ता गरेका हुन् ।

लुम्बिनी प्रदेशमा महिला कलस्टरमा तीनजना, अन्यबाट तीन जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ दुईजना, दलिततर्फ दुईजना र अन्यतर्फ पनि दुईजनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिलातर्फबाट दुईजना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट दुईजना, अन्यबाट दुई जनाले मनोनयन दर्ता गरेका हुन् ।

निर्वाचन आयोगकाअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुने तालिका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved