काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक परिषद्को मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्नलाई पनि प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्बाट बिदा गर्न आवश्यक रहेको बताएका हुन् ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका माग लिँदै पूर्वमन्त्रीसमेत रहेका सांसद पन्तले प्रधानन्यायाधीश पटकपटक विवादास्पद बन्न पुगेकाले पनि संवैधानिक परिषद्मा राख्न नहुने बताएका हुन् ।
उनले प्रतिनिधि सभाका उपसभामुखलाई पनि सो परिषद्बाट हटाउन उपयुक्त हुने सुझाव दिए । विगतमा दलीय प्रतिनिधित्वका लागि सो परिषद्मा उपसभामुख राखेको भएपनि संसदीय अभ्यासले अव त्यसको आवश्यक्ता नदेखिएको सांसद पन्तको भनाइ थियो ।
Facebook Comment
Comment