सुपारीको औषधीय प्रयोग, यस्ता रोगमा गर्छ काम

नेपालभ्युज

सुपारीको औषधीय प्रयोग, यस्ता रोगमा गर्छ काम

एजेन्सी। सुपारीको हिन्दु धर्ममा जति महत्व छ त्यसरी नै यो आयुर्वेदमा पनि एकदमै महत्व राख्छ । यो हेर्दा एकदमै सानो हुन्छ तर यसको स्वास्थ्यमा एकदमै धेरै फाइदाहरु पनि हुन्छन् । आज जानौं सुपारीका केही फाइदाहरुका बारेमा ।

वान्ता
सुपारीको सेवन गरेर वान्तालाई रोक्न सकिन्छ । यसमा पाइने सक्रिय तत्वले वाकवाकी भइरहेको समस्याबाट छुट्कारा पाउन सकिन्छ । तपाईं सुपारीलाई यात्राका क्रममा पनि खान सक्नुहुन्छ ।

दाँतको दुखाई
सुपारीले दाँतसँग जोडिएका केयौं समस्याहरुबाट पनि निजात पाइन्छ । यसमा पाइने तत्वले शरीरमा एनाल्जेसिकको रुपमा काम गर्छ जसले दाँतको दुखाईबाट आराम पाउन सकिन्छ ।

मुखको घाउ
सुपारीमा चिसो हुने गुणहरु पाउन सकिन्छ । शरीरमा गर्मी बढ्दा मुखमा भएका घाउहरुलाई निको पार्ने काम गर्छ । तपाईं मुखमा घाउहरु भएको बेला पनि सुपारीलाई चुसेर खान सक्नुहुन्छ ।

पेट दुखाई
सुपारीमा केही त्यस्ता आयुर्वेदिक तत्वहरु पाइन्छन् जसले पेट तथा आन्द्राहरुको कामको प्रक्रियालाई सामान्य बनाउन मद्दत गर्छ । यसले पेट दुख्ने समस्या पनि निको बनाउन सक्छ ।

कब्जियत
कब्जियतको समस्या भइरहेको बेला सुपारीको पानी सेवन गर्नु फाइदाजनक हुन्छ । यसले पाचन प्रक्रिया तथा मेटाबोलिज्म तीव्र गराउँछ जसले गर्दा कब्जियतबाट आराम पाइन्छ ।

सुपारी स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ । तर यसको अत्यधिक सेवन भने गर्नु हुँदैन । यसलाई मनतातो पानीसँग पनि खान सकिन्छ । साथमा यसलाई चिया तथा दुधमा राखेर पनि काढा बनाएर खान सकिन्छ । साथमा यसलाई मुखमा राखेर चुसेर, चपाउँदै पनि खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved