काठमाडौं । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो ।
बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए ।
समिति सदस्यहरुको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिइन् ।
उनले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु हेर्ने क्षेत्राधिकार कानून समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेका बताइन् ।
Facebook Comment
Comment