काठमाडौं । प्रधानमन्त्रीको मुख्य सल्लाहकारबाट माओवादी नेता हरिबोल गजुरेलले दिएको राजीनामा पत्र सार्वजनिक भएको छ । राजीनामा पत्रमा उनले ‘सुशासनका नाममा टपरटुइयाँहरुले टाउको उठाउन खोजेपछि जिम्मेवारीमा रहन नसकेको’ उल्लेख गरेका छन् ।
‘सरकारले भ्रष्टाचारविरोधी संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउँदैन कि भन्ने जनताको आशंकालाई हामीले पछिल्ला दिनहरुमा मेटाउन सकेनौं’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गजुरेलले भनेका छन्, ‘हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरुले टाउको उठाउन खोजेका छन् । जनअपेक्षा पूरा गर्ने वातावरण नभएकाले वर्तमान अवस्थामा जिम्मेवारीमा रहन उचित नहुने भएकाले मुख्य सल्लाहकारको भूमिकाबाट अलग रहने निर्णय लिएको छु ।’
उनले मंसिर ८ गते प्रधानमन्त्रीको मुख्य सल्लाहकारबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।
Facebook Comment
Comment