एस जयशंकरले भने- वर्षको सुरुमै नेपाल भ्रमण गर्न पाउँदा अत्यन्तै खुसी छु

नेपालभ्युज

एस जयशंकरले भने- वर्षको सुरुमै नेपाल भ्रमण गर्न पाउँदा अत्यन्तै खुसी छु

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले वर्षको सुरुमै नेपाल भ्रमण गर्न पाउँदा अन्त्यन्तै खुसी लागेको बताएका छन् ।

उनले नेपाली भाषामा नै नेपाल आउँदाको खुसी व्यक्त गरेका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नमस्ते काठमाडौं, सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु । आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु ।’

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकरको टोली काठमाडौं आएको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved