राष्ट्रिय सभामा एमालेलाई भाग छुटाउन कांग्रेस-माओवादी सकारात्मक

५ बजे एमालेसहितको बैठक बस्दै

फागुन २० गते अध्यक्षसहित २० राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनु एक महिनाअगावै निर्वाचन गराउनुपर्ने संवैधानिक प्रावधानअनुरूप माघ ११ गते निर्वाचन हुँदैछ ।

नेपालभ्युज

राष्ट्रिय सभामा एमालेलाई भाग छुटाउन कांग्रेस-माओवादी सकारात्मक

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई भाग छुटाउन सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार दल नेपाली कांग्रेस सकारात्मक भएका छन् ।

बुधबार बिहान बालुवाटारमा भएको छलफलमा कुरा सकारात्मक भएको कांग्रेस नेता रमेश लेखकले बताए । “कुरा सकारात्मक भएको छ । थप छलफल गर्छौँ,” नेता लेखकले भने ।

नेता लेखकका अनुसार यसबारे थप छलफल गर्नका लागि दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको छ । यसपछि साँझ ५ बजे एमालेसहितको बैठक बोलाइएको छ ।

फागुन २० गते अध्यक्षसहित २० राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनु एक महिनाअगावै निर्वाचन गराउनुपर्ने संवैधानिक प्रावधानअनुरूप माघ ११ गते निर्वाचन हुँदैछ ।

यसअघि गठबन्धनमा कांग्रेसले मनोनीतसहित १०, माओवादीले ६, नेकपा  (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले क्रमश: ३ र १ पाउने भनिएको थियो । अब एमालेले पनि भाग पाउने भयो भने यस भागबन्डामा तलमाथि हुने नेताहरूले बताएका छन् ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि एमालेको साथ खोजिरहेका गठबन्धन दलहरू राष्ट्रिय सभामा एमालेलाई भाग छुटाउन सकारात्मक भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त सहमतीय सरकारको आवश्यकता औंल्याउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved